एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गरेको छ ।
आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्र्तगत एनसेलले युवा प्रतिभालाई प्रोत्साहन गर्दै लैजाने नीति अन्तरगत एक लाख नगद सहितको छात्रवृत्ति तथा उत्कृष्ट पुरस्कार सम्मान प्रदान गरेको हो । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच एनसेलका प्रमुख कानुन अधिकृत तथा कम्पनी सचिव अम्बर थापा र कर्पोरेट सर्भिसेस् निर्देशक प्रणय आचार्यले पुल्चोक इन्जिनियरिङ कलेजमा अध्ययणरत ४ जना उत्कृष्ट विद्यार्थीहरुलाई एक लाख नगदसहित छात्रवृत्ति तथा उत्कृष्ट पुरस्कार प्रदान गरेका थिए।
एनसेलले वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका पुल्चोक इन्जिनियरिङ कलेजका विभिन्न संकायका विद्यार्थीहरुलाई प्रत्येक वर्ष एनसेल छात्रवृति र सबभन्दा बढि अंक ल्याई ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन र कम्प्युटर संकायमा स्नातक उतीर्ण हुने विद्यार्थीहरुलाई उत्कृष्ट पुरस्कार प्रदान गर्दै आएको छ । कार्यक्रममा ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन, र कम्प्युटर संकायका १२ जना विद्यार्थीलाई पनि एनसेल छात्रवृत्ति प्रदान गरिएको छ ।