आठौं ईपीएस परीक्षामा ७५ हजार ५ सय ८० परीक्षार्थीले भाग लिने भएका छन्।
भोलि र पर्सि हुने परीक्षाबाट १० हजार २ सयजना मात्र कोरिया जान पाउने छन्। जसमा कृषि क्षेत्रमा ६ हजार २ सय र उत्पादनमा ४ हजार जाने छन्। परीक्षामा ९ हजार ७ सय ९६ महिला सहभागी हुने छन् भने ६५ हजार ७ सय ८४ पुरुष रहने छन्।
५१ हजार २ सय २ जनाले कृषिमा र २४ हजार ३ सय ७८ उत्पादनमा आवेदन दिएका थिए। २६ वटा केन्द्रमा हुने परीक्षा विहान ८ बजे र दिउँसो १२ बजे गरी दुई सिफ्टमा हुनेछ।
परीक्षा केन्द्रमा विद्युतीय सामाग्री प्रतिबन्ध गरिएको छ र परिक्षामा सम्मिलित हुनेले कालो बल पेनमात्रै प्रयोग गर्न पाउने इपिएस कोरिया शाखाले जनाएको छ।
शाखाका अनुसार प्रत्येक परीक्षा केन्द्रमा ३५ सुरक्षाकर्मी, ३ जना निजामति कर्मचारी, प्रश्न पत्र र उत्तरपुस्तिका बोक्न दुई सुरक्षाकर्मी रहनेछन्। परीक्षाको लागि कोरियाबाट परीक्षा संचालक ५५ जनाको टोली नेपाल आइसकेका छन्।
सन् २००८ देखि अहिलेसम्म परीक्षामा सहभागी र उर्तिण संख्या
साल |
परीक्षार्थी |
उर्तिण संख्या |
२००८ |
३१५२५ |
६७८६ |
२०१० |
३६२०३ |
४०९६ |
२०११ |
५००४३ |
१५६७८ |
२०१३ |
४४१२२ |
७७७८ |
२०१४ |
५८७४६ |
३४७८ |
२०१५ |
५११३७ |
८३७० |
२०१६ |
६०६२६ |
३४६४ |
२०१७ |
७५५८० |
|