ललितपुरको जावलाखेलस्थित अल्का आइभिएफ एण्ड फर्टिलिटी सेन्टरले आयोजना गरेको दुई दिने निशुल्क शिविरमा २ सय ७५ जना स्त्री रोग तथा बाँझोपन समस्याका बिरामीले स्वास्थ्य परीक्षण गराएका छन्।
सेन्टरले मंगलवार र बुधवार गरेको निशुल्क शिविरमा करिब ५० जना बिरामीमा बाँझोपन सम्बन्धी समस्या देखिएको प्रशुती तथा स्त्री रोग एवं बाँझोपन बिशेषज्ञ डा. नुतन शर्माले जानकारी दिइन्। ढिलो बिहे गरेका, असुरक्षित गर्भपतन गराएका तथा पाठेघरको संक्रमण भएर समयमै उपचार नगराएका अधिकांस महिलाहरुमा बाँझोपन सम्बन्धी समस्या देखिएको डा. शर्माले बताइन्।
शिविरमा इनफर्टिलिटी स्क्रिीनिङ्ग क्यान्सर स्क्रिीनिङ्ग, स्त्री रोगसम्बन्धी निशुल्क परीक्षण गरिनुका साथै चिकित्सकको सिफारिसमा बिरामीको रगत सम्बन्धी परीक्षण, पाठेघरको मुखको क्यान्सर सम्बन्धी जाँच, टिभिएस, भिडियो एक्सरे समेत निशुल्क गरिएको थियो। बिरामीलाई आवश्यकता अनुसारको औषधि समेत सेन्टरले निशुल्क रुपमा वितरण गरेको थियो।