मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ।
आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।
केही महिना हेयर सम्बन्धी तालिम लिएर आफैँ सेलुन खोलेर हेयर कटिङ, स्टे«ट, कलरिङ लगायतका काम गर्दै आएकी छु। सामान्यतया मासिक ४ देखि ५ लाखसम्मको कमाइ हुने गर्छ। सिजनमा त झन ५ लाख भन्दा बढिको आम्दानी हुने गर्छ।
यदी कामप्रतिको लगाव, धैर्यता र मेहेनत गर्न सक्छु जस्तो लाग्छ भने तपाइ पनि केही सिप सिकी स्वदेशमै परिश्रम गर्नतिर लाग्नुहोस भन्ने सल्लाह पनि दिन्छु ।