अघिल्लो दिनभन्दा प्रतितोला दुई सय रुपैयाँले सस्तिएर बिहीबार सुनको कारोबार भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ५५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएकोमा बिहीबार ५५ हजार ४ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदी पनि तोलामा ५ रुपैयाँले सस्तिएर प्रतितोला ७ सय ७५ कायम भएको छ।