ओप्पोले केही समय अगाडी नेपालमा सार्वजनिक गरेको नयाँ स्मार्टफोन ‘ओप्पो एफथ्रीप्लसले’ सेल्फीमा नयाँ आयाम थपेको कम्पनीको दाबी छ।
दुई फ्रण्ट फेसिङ क्यामेरा भएपनि यो स्मार्टफोन सेल्फीकै लागि सिमित भने छैन जसले प्रयोगकर्तालाई अन्य विभिन्न फिचर्स पनि उपलब्ध गराएको छ। जुन यसप्रकारका छन्।
१. डुअल फ्रण्ट क्यामेरास्मार्टफोनमा रहेका फिचर्सको कुरा गर्दा १६ मेगापिक्सेल र ८ मेगापिक्सेल क्षमताका डुअल फ्रण्ट फेसिङ क्यामेराको चर्चा गर्नै पर्ने हुन्छ । १६ मेगापिक्सेल क्षमताको क्यामेरा एकल सेल्फीका लागि हो भने ग्रुप सेल्फीका लागि ८ मेगापिक्सेलको क्यामेरा रहेको छ। गु्रप सेल्फीलाई ध्यानमा राखि यसमा १ सय २० डिग्री वाइड एङ्गल लेन्सको प्रयोग गरिएको छ ।
२. रियर क्यामेराडुअल सेल्फी क्यामेरामा सबैको ध्यान केन्द्रित हुनु स्वभाविक हो । फोनमा उपलब्ध रियर क्यामेरा पनि कार्यक्षमतामा उत्तिकै उत्कृष्ट छ ।ओप्पो एफथ्रीप्लसको रियर क्यामेरामा सोनीद्वारा विशेषगरी ओप्पोकै लागि विकसित सोनी आईएमएक्स ३९८ सेन्सर (१÷२.८ ईञ्च सेन्सर) जडान गरिएको छ । साथै, क्यामेरामा धेरै प्रकाश कैद गर्न सक्ने क्षमता सहित ठूलो (एफ÷१.७) एपर्चरसहितको लेन्स पनि छ ।
३. डिस्प्लेओप्पो एफथ्रीप्लसमा ६ ईञ्चको पूर्ण एचडी डिस्प्ले जडान गरिएको छ । यसले १९२० ह १०८० पिक्सेल रिजोल्यूशन दिने क्षमता राख्छ । स्क्रिनका कारण फोन अत्यधिक ठूलो वा भद्दा नहोस् भन्ने सोचका साथयसमा १ दशमलव ७८ एमएम मोटाइसहितको पातला बेजल्सको प्रयोग गरिएको छ । साथै, फोनको सुरक्षार्थ यसमा गोरिल्ला ग्लास फाइभको प्रयोग गरिएको छ । कोरनिङ सिरिज अन्तर्गतको प्रोटेक्टिव ग्लास मध्ये यो सर्वाधिक नयाँ भर्जन हो । यसले फोनको डिस्प्लेलाई कोर्न वा चर्किनबाट जोगाउन मद्दत पु¥याउँछ ।
४. भीओओसी फास्ट चार्जिङसहितको ठूलो ब्याट्रीफोनको आकार ठूलो हुँदा उत्पादकले तिनमा ठूलै ब्याट्रीको प्रयोग गर्न पाउँछन् । यसैको फाइदा उठाउँदै ओप्पोले एफथ्रीप्लसमा ४ हजार एमएएचक्षमताको ब्याट्री फोनमा जडान गरेको छ । फोनको मोटाइ भने ७ दशमलव ३५ एमएममात्र रहेको छ । कम्पनीले यसलाई थप उत्कृष्ट बनाउनकालागि स्मार्टफोनमाआफ्नै भीओओसी फ्ल्यास चार्जिङ प्रविधिपनिउपलब्ध गरेको बताएको छ । यो प्रविधिले प्रयोगकर्तालाई पाँच मिनेट फोन चार्जिङमा राखेर २ घण्टासम्मको टक टाइम प्रदान गर्छ । यो प्रविधिले चार्जिङको समयमा समेत फोनलाई चिसो राख्न सहयोग गर्छ ।
५. परफरमेन्सओप्पो एफथ्रीप्लसमा ओक्टा–कोर स्न्यापड्रागन ६५३ एसओसी र ४ जीबी ¥यामको प्रयोग गरिएको छ । यसमा रहेको एसओसीमा फोर कोरटेक्स ए ५३ कोर्स र फोर कोरटेस ए ७३ कोर्स समाहित गरिएको छ । तीमध्ये कोरटेक्स ए५३ कोर्स उर्जा मैत्री हुन्छन् र यसको प्रयोग दैनिक प्रयोजनमा हुन्छ । त्यसैगरी अत्यधिक शक्ति खपतहुने कार्यहरु जस्तै गेमिङ, भिडियो लगायतकार्यका लागिभने कोरटेक्स ए७३ कोर्सको प्रयोग हुन्छ ।
नेपालीबजारमा कम्पनीले ओप्पो एफथ्रीप्लसको मूल्य ५४ हजार ९ सय ९० निर्धारण गरेको छ।