भारतले ७८ मिनेटमा नेपालविरुद्ध दोस्रो गोल थपेको छ। भारतका लागि दोस्रो गोल जेजे लालपेखलुवाले गरेका छन्। उनले मोहम्मद रफिकको क्रस पासमा गोल गरेका हुन्।
यसअघि खेलको ६१औं मिनेटमा नेपालले पहिलो गोल खाएको थियो। भारतका लागि सन्देश झिन्गानले पहिलो गोल गरेका थिए। उनले डिबक्स नजिकै पाएको पासमा गोल गरेका थिए। दुवै टोलीले पहिलो हाफको खेल बराबरीमा खेलेका थिए।
नेपाल र भारतबीच हाल भारतको मुम्बईस्थित अन्धेरीमा मैत्रीपूर्ण फुटबल भइरहेको छ।