द कन्भरसेसन- ३१
यही पुस २३ गते बिहान भुइँचालो जाँदा तपाईं कहाँ हुनुहुन्थ्यो? के गर्दै हुनुहुन्थ्यो?
त्योभन्दा अगाडि २०७२ वैशाख १२ गते भुइँचालो जाँदा तपाईं कहाँ हुनुहुन्थ्यो? के गर्दै हुनुहुन्थ्यो?
अझ त्योभन्दा अगाडि १९९० साल माघ २ को भुइँचालोबारे तपाईंलाई के थाहा छ?
आफ्ना यी भुइँचाला अनुभव कमेन्ट बक्समा लेख्नुहोस् है।
त्यसबीच हामी सेतोपाटी कन्भरसेसनको आजको अंकमा राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीसँग भुइँचालोबारे कुराकानी गर्दैछौं।
नेपालका ऐतिहासिक भुइँचालामाथि लामो अनुसन्धान गरेका र अहिले पनि भुइँचालोसम्बन्धी अनुसन्धानमै सक्रिय डा. अधिकारीसँग हामीले खासगरी ८ वटा विषयमा कुराकानी गरेका छौं —
१) २०७२ को भुइँचालो काठमाडौंमुनि थुप्रिएको भनिन्छ, जसले आज पनि काठमाडौंलाई केन्द्रविन्दु बनाएर खुसुखुसु कम्पन ल्याइरहेको छ। यसको अर्थ के हो? भुइँचालोको शक्ति कसरी काठमाडौंमुनि थुप्रियो?
२) पश्चिम नेपालमा ठूलो भुइँचालो जान सक्छ भन्ने वैज्ञानिक पूर्वानुमान छ, यसको कारण के हो?
३) १९९० सालको भुइँचालोलाई किन बिहार-नेपाल भुइँचालो भनिन्छ?
४) १९९० सालमा पूर्वी नेपाललाई केन्द्रविन्दु बनाएर भुइँचालो जाँदा होस् वा २०७२ सालमा गोरखालाई केन्द्रविन्दु बनाएर भुइँचालो जाँदा; दुवै समय त्यसको सिधा असर काठमाडौंमै पर्यो, किन त्यस्तो भयो?
५) के नेपालको भूखण्डलाई भुइँचालो शक्तिका हिसाबले पूर्व, मध्य र पश्चिममा वर्गीकरण गर्न सकिन्छ?
६) एउटै भुइँचालोले एउटै ठाउँमा कहीँ अग्ला घर ढाल्छन्, कहीँ होचा घर ढाल्छन्; यस्तो किन हुन्छ?
७) पुस २३ गते तिब्बतमा गएको भुइँचालोले हिमाली क्षेत्रको भूसतहमुनि के असर छाडेर गयो? त्यसले हामीकहाँ के जोखिम बढायो?
८) तिब्बत भुइँचालोले सिन्धुपाल्चोकको अस्थिर र कमलो पहाडी भूभागमा कस्तो असर पार्यो होला?
हेर्नुहोस्, वरिष्ठ भूकम्पविद् डा. अधिकारीसँगको भिडिओ कुराकानी, सेतोपाटी कन्भरसेसनमा —