Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, भदौ १०, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

समय चक्र

कविता

टेकनारायण रिमाल ‘कौशिक’

म के भनूँ!
गाजरजस्तो रातो
छालाको गर्व होला
तिमीलाई
तर
म गौरवान्वित हुन सकिनँ
मलाई थाहा छ
छाला त चाउरिने छ...
तिम्रा नूरानी नयनका 
आकर्षणले
प्रभावित हुन सकिनँ म।

म जान्दछु
समयको झोक्काले
आँखाका नानीहरू
सुक्नेछन्
त्यो सागरको नीलिमा
उड्ने छ
जवानीको कालो पट्टीले
विवेकको नजर
छोपिदिएको छ तिम्रो
त्यसैले
यो यथार्थलाई
बुझ्दिनौ तिमी
तिमी छाँगाबाट खस्ने दिन
अर्थात् तिमी झस्किने दिन
अबेर भैसकेको हुनेछ। 
डुब्नेलाई
त्यान्द्राको भर’भनेझैँ
अत्तालिएको
मनस्थितिले
घडीका काँटाहरू।

रोक्न पुग्नेछन् तिम्रा हातका
औँलाहरू
तर अफसोस!
समयचक्र
निर्बाध चलिरहनेछ
चली नै रहनेछ...
सुनौलो,
रेशमी
मुलायम केशराशिको
गुमानले हावा खानेछ
जब वयको बबन्डरले
सेताम्मे पाक्नेछन्
एक एक रेशा कपालका
कतै तिलचामले भैदिए
कत्ति नमजा हगि?
मोतीका लहरजस्ता
दाँतका पङ्क्ति
छिन-पहाडका स्याउजस्ता
पोटिला गालाको लालिमा
गुलाबका कोमल पत्रजस्ता
अधरहरू
सुराहीदार त्यो कण्ठ प्रदेश
कुनै काम लाग्ने छैनन् -जब-
सारा सारा अवयवहरूबाट
मोहभंग हुनेछ तिम्रो
शीघ्रातिशीघ्र। 
उ...त्यो बाँसको तामा
उँभो लम्किरहेको हेर त!
सगर छोउँलाझैँ गरी
कत्रो हतारमा....
आफ्नो
भ्रमित उचाइको
अभिमान व्यक्त गर्न नपाउँदै
आफ्नै
नुहेको शिरमाथि
एउटा लघुतम पक्षी
फिस्टो
उफ्रिरहेको भान हुँदा
जीवनको तीतो यथार्थ
निल्नु न उकेल्नुको अवस्था
खै म के भनूँ

प्रकाशित मिति: शनिबार, साउन २, २०७८  १०:३३
सिफारिस
'गुलाबीको जति आँट नाजिर हुसेनमा छैन!'
'गुलाबीको जति आँट नाजिर हुसेनमा छैन!'
अमेरिकी धुनमा दुई नेपाली कविले सुनाए आफ्ना रचना
अमेरिकी धुनमा दुई नेपाली कविले सुनाए आफ्ना रचना
न्यायाधीशको अपारदर्शी नियुक्ति सधैं विवादित– प्रधानन्यायाधीश कति दोषी?
न्यायाधीशको अपारदर्शी नियुक्ति सधैं विवादित– प्रधानन्यायाधीश कति दोषी?
पूरा चार्जमा ६ सय किलोमिटरसम्म गुड्ने कार, कति पर्छ मूल्य?
पूरा चार्जमा ६ सय किलोमिटरसम्म गुड्ने कार, कति पर्छ मूल्य?
रूसले भन्यो- राष्ट्रपति पुटिन र जेलेन्स्कीबीच वार्ता तय भएको छैन
रूसले भन्यो- राष्ट्रपति पुटिन र जेलेन्स्कीबीच वार्ता तय भएको छैन
११ सूचकमा हेर्नुस् हाम्रो अर्थतन्त्रको अवस्था
११ सूचकमा हेर्नुस् हाम्रो अर्थतन्त्रको अवस्था
साढे दुई लाख विद्यार्थीले अब निजी विद्यालयमा पाउनेछन् छात्रवृत्ति, कसरी हुन्छ कार्यान्वयन?
साढे दुई लाख विद्यार्थीले अब निजी विद्यालयमा पाउनेछन् छात्रवृत्ति, कसरी हुन्छ कार्यान्वयन?
आज यी स्थानमा भारी वर्षाको सम्भावना
आज यी स्थानमा भारी वर्षाको सम्भावना
८ हजार विद्यार्थी पढ्ने देशकै ठूलो सामुदायिक स्कुलको कथा
८ हजार विद्यार्थी पढ्ने देशकै ठूलो सामुदायिक स्कुलको कथा
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

गरिमा तीजको सधैँ रहिरहोस्!
मनको ऐना!
एक्लो हुनु!
फर्क दाइ…
डिजिटल परिवार!
पहिलो डेट

विचार

डा. मुकेशराज काफ्ले
यस्तो छ नेपालको ऊर्जा खपत, आर्थिक वृद्धि र कार्बन उत्सर्जनको त्रिकोणात्मक सम्बन्ध डा. मुकेशराज काफ्ले
तुलानारायण साह
गौर घटना गर्माएपछि उपेन्द्र यादवको राजनीति तुलानारायण साह
चेतनाथ आचार्य
ताली पड्काएर बहस गर्ने भिक्षुहरू! चेतनाथ आचार्य
मुराहरि पराजुली
संघीयता महँगो र कल्याणकारी राज्य सस्तो हुन्छ? मुराहरि पराजुली

ब्लग

रीता ढकाल
परदेशबाट सम्झिएको तीज! रीता ढकाल
उज्ज्वल प्रजापति
सांस्कृतिक राजधानी भक्तपुरको एक सिंहावलोकन! उज्ज्वल प्रजापति
कुलप्रसाद तिवारी
चैते धानको मूल्यले उब्जाएको प्रश्न! कुलप्रसाद तिवारी
चेतना शर्मा
त्यसपछि तीज कहिल्यै आएन! चेतना शर्मा

साहित्यपाटी

रमा दुलाल
गरिमा तीजको सधैँ रहिरहोस्! रमा दुलाल
गगन राई
मनको ऐना! गगन राई
साजन विश्वकर्मा
एक्लो हुनु! साजन विश्वकर्मा
रन्जिता केसी
फर्क दाइ… रन्जिता केसी

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP