नेपाल आयल निगमले अन्तर्राष्ट्रिय उडान तर्फको हवाइ इन्धनको मूल्य घटाएको छ।
अन्तर्राष्ट्रिय उडानको इन्धनमा अधि नाफा राखेर कारोबार गर्दै आएको निगमले अरु इन्धन सरहको स्वचालित प्रणाली लागू गर्ने निर्णय पनि गरेको छ।
निगमले हवाइ इन्धनमा बढीमा १५ प्रतिशतमात्र नाफा राख्ने निर्णय पनि गरेको छ।
आजदेखि नै लागू हुनेगरी निमगले अन्तर्राष्ट्रिय हवाइ इन्धनमा प्रतिक किलोलिटर १७८ अमेरिकी डलरले घटाएको छ।आजदेखि यो इन्धनको मूल्य प्रतिकिलोलिटर ७१५ डलर कायम भएको छ।
आयल निगमले इन्धनको मूल्य घटाएपछि नेपाल एयरलाइन्सले तत्कालका लागि आफ्नो चार्टर्ड उडानको भाडा घटाएको छ।
नियमित उडानपछि अरु भाडा पनि घटाउने प्रतिबद्धतता गरेको एयरलाइन्सले यो निर्णयले अन्तर्राष्ट्रिय उडान प्रतिस्पर्धी हुने बताएको छ।
नेपाल एयरलाइन्सले वाइडबडी जहाजको चार्टर्ड भाडा प्रतिघण्टा १५ हजारबाट १३ हजारमा जारेको छ भने न्यारोबडीको ७ हजारबाट ६ हजारमा सिमित गरेको छ।
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएपछि अरु एयरलाइन्सका उडान पनि सस्तो हुने विश्वास गरिएको छ।