हालै सरकारको सामाजिक सञ्जाल सूचीमा ‘हाम्रो पात्रो’ को नाम समावेश भएपछि विभिन्न हल्ला र भ्रम फैलिएको भन्दै कम्पनीले स्पष्टिकरण दिएको छ।
‘हाम्रो पात्रो’ २०१० मा शंकर उप्रेतीले विदेशमा रहेका नेपालीलाई चाडपर्व र विशेष दिनहरू सजिलै थाहा होस् भन्ने उद्देश्यले सुरु गरेका थिए।
यस एपलाई वि.स २०७३ मा स्मार्ट आइडियाज प्रालि मार्फत नेपालमा दर्ता गरिएको हो। कम्पनीमा हाल १०० भन्दा बढी कर्मचारी कार्यरत छन् र नियमित रूपमा कर तिरिरहेको कम्पनीले जनाएको छ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल सूचीमा ‘हाम्रो पात्रो’ समावेश गरे पनि यो एप सामाजिक सञ्जालको श्रेणीमा नपर्ने कम्पनीको दाबी छ।
मन्त्रालयको निर्देशनअनुसार मात्र सूचीमा राखिएको र ‘भर्खर दर्ता भएको’ भन्ने हल्ला सत्यता नभएको कम्पनीले स्पष्ट पारेको छ।