शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’ अन्तर्गतको तेस्रो भिडिओ सार्वजनिक गरेको छ।
जहाँ हाम्रो जिवनमा हुने एक एक सेकेण्ड समयको महत्वलाई दर्शाउन दुई साथी बीच एक जना समयमै आफ्नो यात्राको लागि एयरपोर्ट पुगिसकेको र अर्को एक जना आफ्नो जहाज उडान समय डिले हुने भन्दै निर्धारीत समयसम्म घरै बसेको तर जहाज समयमै उड्न लागेको कुरालाई समयसँग जोडेर ‘समयको मामलामा नो कम्प्रमाइज’ भन्ने सन्देश देखाइएको छ।
यसअघि क्याम्पेनको पहिलो चरणमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीको जीवनमार्फत ‘कर्तव्यको मामलामा नो कम्प्रमाइज’ भन्ने सशक्त सामाजिक सन्देशमूलक प्रचार भिडिओ सामग्री प्रस्तुत गरिएको थियो।
त्यस्तै, दोस्रो भिडिओमा घरबेटी र भाडावालबीचको सम्झौतामा आधारित कथा मार्फत ‘सर्तकताको मामलामा नो कम्प्रमाइज’ भन्ने सन्देश दिन खोजेको थियो।
उक्त सामाजिक सन्देशमूलक विज्ञापन दर्शकहरुले अत्यधिक रुचाइएका थिए।
शिवम् सिमेन्टको यो अभियान केवल विज्ञापन मात्र नभएर समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित छ।
‘नो कम्प्रमाइज’ भन्न जति सजिलो छ त्यति नै व्यवहारमा पुरा गर्न गाह्रो छ, तर जसले पुरा गर्छ, उसको शिर सँधै ठाडो हुन्छ’ भन्ने सन्देश मार्फत शिवम् सिमेन्टले आफ्नो गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने नीति झनै मजबुत रूपमा प्रस्तुत गरेको छ।
कम्पनीले सुरूआती चरणदेखि नै ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ।