कल्याणकारी संस्था जोय फाउन्डेसनले देशका विभिन्न अस्पतालहरुलाई कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि आवश्यक मेडिकल सामग्री सहयोग गरेको छ।
संस्थाले एक सय अक्सिजन कन्सेन्ट्रेटर विभनिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रलाई सहयोग गरेको हो।
फाउन्डेसनका अध्यक्ष राजु श्रेष्ठका अनुसार नुवाकोट, स्याङ्जा, म्याग्दी, गोरखा, सोलुखुम्बु, मनाङ, कास्की, बर्दिया, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुरका २५ स्थानमा १०० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको छ।
ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थलाई यस्ता मेडिकल उपकरण सहयोग गरिएको उनले जानकारी दिए। यी सामग्री मेलेनिपा मेडिटेशनबाट सहयोग स्वरुप फाउन्डेशनलाई आएको उनको भनाइ छ।
फाउन्डेसनले यसअघि काठमाडौंको छत्रपाटी नि:शुल्क क्लिनिकलाई सहायता गरेको थियो।