सिप्रदीले २ हजार बढी सवारी साधनहरुलाई मर्मत तथा परामर्श सेवा प्रदान गरेको छ।
कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञामा प्रयोग भएका २ हजार ४ सय बढी सवारीलाई सिप्रदीले सेवा पुर्याएको जनाएको छ।
कम्पनीका अनु्सार खाद्यान्न, तरकारी, ग्यास, पानी, वित्तीय कारोबार, फोहोर व्यवस्थापन, सुरक्षा तथा आकस्मिक स्वास्थ्य सेवामा प्रयोग भएका सवारीहरुलाई सेवा दिएको छ।
जस्तोसुकै विषम परिस्थितिमा पनि सेवा प्रदान गर्न प्रतिवद्ध रहेको कम्पनीको भनाइ छ।
अहिले सिप्रदीले विभिन्न २४ स्थानबाट सेवा दिइरहेको जनाएको छ।
कुनै पनि ठाउँमा गाडी मर्मत, पार्टपुर्जा, ईन्जिन आयल वा ब्याट्री सम्बन्धी सेवा चाहिएमा सिप्रदीको टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ सम्पर्क गर्न अनुरोध गरेको छ।