युनिलिभर नेपालले ‘सफा हिमाल सफाइ अभियान–२०२१’ मा नेपाली सेनासँग हातेमालो गरेको छ। युनिलिभरले धौलागिरी हिमालको फोहोर संकलन र प्रशोधन गर्दै आएको छ।
उक्त अभियानअन्तर्गत धौलागिरी हिमालबाट ५०२० किलो फोहोर संकलन गरिएको थियो। जसमध्ये सड्ने–कुहिने ३०० र नकुहिने ४ हजार ७ सय २० किलो फोहर पुनः प्रसोधन गरी धौलागिरी गाउँपालिकालाई बुझाइएको थियो। जुन व्यवस्थापन गर्न प्रयोजनको लागि हस्तान्तरण गरिएको हो।
नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले युनिलिभर नेपाललाई बधाइ दिएका छन्। नेपाली सेनाको मुख्यालय जङ्गी अड्डा काठमाडौंमा आयोजित कार्यक्रममा बधाइ दिइएको हो।



युनिलिभरले पृथ्वीको वातावरणीय स्वास्थ्य सुधार गर्न प्रतिबद्ध रहेको बताएको छ। प्लाष्टिकको प्याकेजिङयुक्त फोहरको सम्बोधनका लागि मेहनत गर्ने यसको उद्देश्य छ।