दया फाउन्डेसनले विभिन्न सामुदायिक तथा सरकारी अस्पतालहरुलाई चिकित्सा उपकरणहरु प्रदान गरेको छ।
संस्थाले टेकु अस्पताल, वीर अस्पताल, ट्रमा सेण्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, भक्तपुर क्यान्सर अस्पताल, त्रिवी शिक्षण अस्पताल, पाटन अस्पताल, नेपाल एम्बुलेन्स सर्भिस र आनन्द कुटी आइसोलेसन सेन्टरमा उपकरणहरु प्रदान गरेको छ।
हालसम्म ६ थान हाई फ्लो नेशल क्यानुला, ५ थान ५ लिटरको अक्सिजन कन्सन्ट्रेटर, १० थान १० लिटरको अक्सिजन कन्सन्ट्रेटर, १५ थान थर्मल गन, १५ थान अक्सिमिटर र एक हजार थान सुरक्षा किट (पिपिई, फेससिल्ड, सेनिटाइजर, मास्क, पञ्जा) प्रदान गरेको छ।
संस्थाको सहयोग विशेषत निम्न आयवर्गका व्यक्तिको उपचारका लागि लक्षित रहेको फाउन्डेसनका अध्यक्ष राजेश प्रधानले बताए।
यस फाउन्डेसनले क्रिटिकल केयर नर्सिङ्ग संघ नेपाल र नेपाल क्रिटिकल केयर विकास फाउन्डेसनसँगको सहकार्यमा क्रिटिकल केयर नर्सिङ्गसम्बन्धी भर्चुअल प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ।
कोरोना उपचारका क्रममा आवश्यक विशेष सीप नर्सहरूलाई दिने उद्देश्यले गत जेठ ९ गते थालिएको प्रशिक्षण जेठ २१ गतेसम्म जारी रहने बताइएको छ।
यो संस्था समाजसेवी स्व.दयाराम भक्त माथेमाको स्मृतिमा उनको परिवारले पारिवारिक ट्रस्टको रुपमा समाजसेवाको लागी सन् २००९ बनाएका हुन्।