अब योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत रोजगारदाताले श्रमिकहरुको योगदान रकम डिजिटल प्रविधि खल्तीमार्फत जम्मा गर्न सक्ने भएका छन्।
योगदान रकम जम्मा गर्न थप सहज बनाउँन कोषले यो सुविधा थपेको हो। अब तपाइँले खल्तीमार्फत आफ्नै मोबाइलबाट श्रमिकहरुको योगदान रकम कोषमा जम्मा गर्न सक्नुहुन्छ।
जसका लागि तपाइँले मोबाइलको खल्ती एप वा कुनै ब्राउजरमा गएर Khalti.com लगइन गर्न सक्नुहुन्छ।
खल्तीको गभर्मेन्ट सर्भिस भन्ने अप्सनमा गइ सोसल सेक्युरिटी फण्ड छान्नुहोस्।
त्यहाँ एसओएसवाईएसको कलेक्सनबाट प्राप्त नम्बर राख्ने अप्सन रहेको छ। त्यो नम्बर राखेपछि नेक्स्ट अप्सनमा क्लिक गर्ने। त्यसपछि रकम जम्मा गर्न सकिन्छ।
कोषमा सूचीकृत रोजगारदाताले श्रमिकहरुको आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम मासिक रुपमा नियमित जम्मा गर्नुपर्ने व्यवस्था छ।
कुल ३१ प्रतिशत मध्ये २० प्रतिशत रोजगारदाताको तर्फबाट र ११ प्रतिशत श्रमिकको तर्फबाट जम्मा गर्नुपर्छ।