निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग परिसंघले सरकारले ल्याएको बजेट सकारात्मक भएको प्रतिक्रिया दिएको छ।
आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले ल्याएको बजेटमाथि प्रतिक्रिया दिंदै परिसंघले बजेटले महामारी नियन्त्रणका लागि पर्याप्त व्यवस्था गरेको बताएको छ।
महामारी नियन्त्रणसँगै आर्थिक पुनरुत्थानका लागि आफ्ना मागलाई पनि समावेश गरेको भन्दै परिसंघले सरकारलाई धन्यवाद दिएको छ।
परिसंघले ल्याएको मेकइन नेपाल अभियानलाई सरकारले बजेटमा समावेश गरेकोमा सरकारलाई धन्यवाद दिइएको छ।
उद्योदेखि सेवा, रोजागरीदेखि व्यापारसम्मका मुद्दालाई बजेटले सम्बोधन गरेकाले अब सबैको दायित्व कार्यान्वयनमा हुने परिसंघको धारणा छ। यो बजेट कार्यान्वयन भएमा अर्थतन्त्रले नयाँ उचाइ लिने परिसंघको धारणा छ।
सरकारले बजेटमा लिएको ६.५ प्रतिशत आर्थिक बृद्धिदरको लक्ष्य पूरा हुन भने कठिन हुने परिसंघको धारणा छ।