लक्ष्मणबाबु मेमोरियल ट्रष्टले गोरखाका विभिन्न स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री सहयोग गरेको छ।
मनकामना केवलकार सञ्चालन गरिरहेको कम्पनीको कल्याणकारी संस्थाले गोरखाका कोरोना संक्रमित बिरामीलाई उपचारमा सहयोग पुग्ने सामग्री प्रदान गरेको हो।
ट्रष्टले आठवटा अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको हो। मनकामना हेल्थ पोष्ट, घैरुङ अस्थायी कोभिड अस्पताल,बुङकोट हेल्थपोष्ट,माइ मनकामना सहकारी अस्पताल, इच्छाकामना गाउँपालिकाको आइशोलेसन केन्द्र र मुगलिङ हाइवे हस्पिटललाई उक्त सामग्री दिएको हो।