नेपालमा रोकिएका स्पेनिश नागरिकलाई लिन लागि भोलि मड्रिडबाट जहाज आउने भएको छ।
नेपालमा रोकिएका नागरिक लिनका लागि स्पेनको इबेरिया एयरलाइन्सको जहाज काठमाडौं आउने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार फिर्ती उडानका लागि इबेरियाको एयरबसको ए३३० जहाज आउने छ।
उक्त जहाज आउँदा इस्पेन सरकारले नेपाल सरकारलाई कोरोना महामारीसँग जुध्न आवश्यक मेडिकल सामग्री पनि आउने छन्।
स्पेन पठाउने भेन्टिलेटर,अक्सिजन कन्सन्ट्रेटर र पिपिई लगायतका सामग्री भोलिको उडानमा आउने परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।