व्यापारिक घराना गोल्यान ग्रुपले विगतलाई सम्मान गर्दै भावी पुस्ताका लागि सुन्दर र समृद्ध नेपाल निर्माणमा जुट्न आह्वान गरेको छ।
गत साता भएको जेन–जी संघर्षको सन्दर्भमा उसले यसका लागि प्रत्येक संस्था, व्यापारिक प्रतिष्ठान र हरेक व्यक्ति एकजुट हुनुपर्ने बताएको छ।
‘अबको यात्रामा साहस, सहकार्य र अटल प्रतिवद्धताको आवश्यकता छ,’ आइतबार उसले आफ्नो फेसबुक पेजमार्फत भनेको छ, ‘सबल र समृद्ध राष्ट्र निर्माणका लागि हामी सँगसँगै छौं।’
गोल्यानले संघर्षबाट आशा र उज्यालो भविष्यप्रति अटल विश्वासले भरिपूर्ण नयाँ पुस्ताको उदय भएको जनाएको छ।
‘यो एक नयाँ सुरुवात हो, जसले बलिदानलाई सम्मान र न्यायलाई समर्थन गर्दछ अनि हामी सबैलाई प्रगति तथा समृद्धितर्फ डोर्याउँदछ,’ सूचनामा उल्लेख छ।
पहिलो महिला प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीको नियुक्तिलाई ग्रुपले इतिहासको एक नयाँ अध्याय भनेको छ।
यस क्षणमा पुग्नका लागि राष्ट्रले ठूलो मूल्य चुकाएको र परिवर्तनका लागि सहादत प्राप्न गर्ने सबैको सपनाप्रति दृढ संकल्पित हुनुपर्ने ग्रुपले जनाएको छ।