इजी ट्याक्सी एपका ट्याक्सीलाई बीमा गर्न प्रभु इन्स्यारेन्सले सहकार्य गरेको छ। इजी ट्याक्सी नेपालले ट्याक्सीहरुलाई बीमा सेवा सुबिधा दिने विषयमा प्रभु इन्स्यारेन्ससँग सहकार्यको सम्झौता गरेको हो।
प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट सन्चित बज्राचार्यले र इजी ट्याक्सी नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जित पौडेल समझदारी पत्रमा हस्ताक्षर गरे।
प्रभु इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले इजी ट्याक्सी नेपालअन्तर्गत ट्याक्सी सेवा संचालन गरिरहेका ट्याक्सी धनीहरुलाई बीमा सुरक्षाको सबै सेवा उपलब्ध गराउन सहज हुने बताए। साथै दाबी भुक्तानीलाई सरलरुपमा फछ्र्यौट गरिने उनको भनाइ छ।
‘एपमा आधारित भएर सेवा दिइरहेका ट्याक्सी व्यवसायीहरुको बीमा सुबिधा सुनिश्चित गरिनेछ’, ‘त्यसले इजी ट्याक्सी एपको सेवा बिस्तार हुने आशा छ’, इजी ट्याक्सी नेपालका प्रमुख कार्यकारी अधिकृत पौडेलले भने।