पछिल्लो १२ घन्टामा देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पाल्पाको कुमालगाउँ केन्द्रमा पछिल्लो १२ घन्टामा १६४.८ मिलिमिटर वर्षा भएको छ। कपिलवस्तुको वाणगंगामा १५२.२, नवलपरासीको देउरालीमा १४२.६, स्याङ्जाको चापाकोटमा १३६.८, पाल्पाको गण्डाकोटमा १३५.२, रूपन्देहीको तिलोत्तमा १२२.२, पर्वतका पन्चासेमा १२१.८, पाल्पाको अर्चलेमा १२५.६ मिलिमिटर वर्षा भएको छ।
मनसुन सक्रिय भएसँगै देशका विभिन्न भागमा वर्षा भइरहेको छ। दाङका केही स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ।