कोकाकोला नेपालले “कोक खाम् रसिया जाम” अभियान अन्तर्गत ४० भाग्यसाली बिजेताको छनोट भएको छ। ति सबैलाई रुस लगेर सम्पूर्ण खर्चसहित कम्पनीले विश्वकप २०१८ को प्रत्यक्ष हेर्ने मौका दिने बताइएको छ।
यो योजना फेब्रुअरी १५ बाट सुरु भएर अप्रिल १५मा समापन भएको हो। कम्पनीले बताए अनुसार ४० जना नेपालीहरुले कोक खाएर रुस जाने मौका पाएका छन्।
त्यसका साथै १८ जना भाग्यशाली उपभोक्ताले २४ इन्चको टेलिभिजन जितेका छन्। साथै १० हजार भन्दा बढिले फिफाको लोगो अंकित बिशेष उपहार जस्तै स्पिकर, हेडफोन, पेन ड्राइभ जितेका छन्।
विश्वकप २०१८ को खेलका दौरान मैदानमा नेपाली झण्डा देखेर सारा नेपालीले गौरब महशुस गर्ने कम्पनीले बताएको छ।
कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले ‘हामी निकै खुसी छौँ किन भने यो क्याम्पेन नेपाली कोकाकोलाका उपभोक्ताको लागि अविस्मरणीय भयो। जहाँ ४० जना भाग्यमानी विजेताले रसिया गएर प्रत्यक्ष खेल हेर्ने मौका पाउन तथा टेलिभिजन र अन्य फिफाको लोगो अंकित बिशेष उपहार जित्न सफल भएका छन्। यो पुरै क्याम्पेनमा ग्राहकको जुन सहयोग र साथ पायौं हामी निकै खुसी छौँ। निकट भविष्यमा यस्ता खालको क्याम्पेन संचालन गर्दै जानेछौँ’ भने।