नेपालले चालु आर्थिक वर्ष २०८१/८२ को फागुनसम्म एक हजार ७७५ गिगावाट घण्टा बिजुली निर्यात गरेको छ।
गत वर्षको तुलनामा बिजुली निर्यात परिमाण घटेको हो। गत वर्ष एक हजार ९५१ गिगावाट घण्टा बिजुली निर्यात भएको थियो।
लामो समय भारतले बिजुली आयात गर्न नदिँदा चालु आर्थिक वर्षमा भारतबाट आयात हुने परिमाण पनि घटेको देखिएको छ।
चालु वर्षमा नेपालले भारतबाट ९२९ गिगावाट घण्टा आयात गरेको छ।
गत आर्थिक वर्ष भारतबाट एक हजार ८ सय ९० गिगावाट घण्टा बिजुली आयात भएको थियो।