नेपालसहित, चार देशका चिकित्सकबीच काठमाडौंमा भएको ‘स्पाइनल कन्फ्रेन्स’ सम्पन्न भएको छ।
‘स्पाइनल डिफमिर्टी एण्ड इम्व्यालेन्स ग्लोबल ट्रेन्डस्’ नामक सम्मेलनमा नेपालसँगै न्यूजिल्याण्ड, अष्ट्रेलिया र अमेरिकाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु सहभागी भएका थिए।
सम्मेलनमा स्पाइनल अर्थात मेरुदण्डसम्बन्धि बिभिन्न समस्या, रोग तथा उपचारमा भइरहेको विश्वब्यापी अभ्यासबारे छलफल भएको थियो।
बिशेषगरी किशोरकिशोरी तथा बालबालिकाहरुमा देखिने ढाडसमबन्धि समस्याबारे सहभागिहरुले आ–आफ्ना देशका अनुभव आदानप्रदान गरेका थिए।
एसोसिएसन अफ स्पाइन, सर्जन्स अफ नेपाल स्पाइन, हेल्थ इन्टरनेशनल तथा ग्राण्डी अन्तराष्ट्रिय अस्पतालको संयुक्त आयोजनामा दुई दिने सम्मेलन भएको हो।