आइएमई जनरल इन्स्योरेन्स र स्टार हस्पिटलबीच औषधोपचारमा बिमा सेवा प्रदान गर्ने सम्झौता भएको छ। सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायव महाप्रबन्धक पवन थापा र स्टार हस्पिटलका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले हस्ताक्षर गरे।
सम्झौतापश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकले बीमा लेखको सीमासम्म स्टार हस्पिटलबाट औषधोपचार सेवा पाउने छन्।