ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले निशुल्क बाथरोग सम्बन्धि स्वास्थ्य शिबिर संचालन गरेको छ।
अस्पतालले आफ्नो ११ औं वार्षिक उत्सवको अवसर पारेर बाथरोग सम्बन्धि स्वास्थ्य शिबिर संचालन गरेको हो ।
शिविरमा सयभन्दा बढीले स्वास्थ्य चाँच गरेका थिए।
शिविरमा बाथ, हाडजोर्नी, नशा सुन्निने, दुख्ने, बालबालिकामा हुने बाथरोग, हड्डी खिइएर हुने बाथरोगका बारेमा जाँच गरिएको अध्यक्ष कुमार थापाले जानकारी दिए।
युरिक एसिडबाट हुने बाथ, लामो समयदेखि आउने ज्वरो, महिनावरी भइ गर्भ तुहिने, मांसपेसीहरु दुख्ने, पाखुरा, कुर्कुचा, घाँटी दुख्ने, शरिरका विभिन्न भागमा रातो, निलो दाग आउने, कपाल झर्ने, मुखमा घाउ खटिरा आउने, आँखा रातो भइ बेस्सरी दुख्ने लक्षण भएका विरामीहरुको समेत जाँच गरिएको थियो।
बार्षिक उत्सव कार्यक्रम अन्तर्गत बिहीबार रक्तदान कार्यक्रम आयोजना गरिने अस्पतालले जनाएको छ।