नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर छ भने चाँदी घटेको छ।
सोमबार प्रतितोला ६ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने घटेको छ।
सोमबार प्रतितोला एक हजार नौ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।