साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला दुई सय तथा चाँदीको ५ रुपैयाँले बढेको छ।
महासंघका अनुसार फाइन सुनको मूल्य तोलामा ५८ हजार ७ सय तथा स्टान्डर्ड सुनको मूल्य ५८ हजार ४ सय रुपैयाँ कायम भएको छ। विगत तीन दिनमा सुन तोलामा ४ सय रुपैयाँले महँगिएको छ।
९९. ९ प्रतिशत शुद्धता भएको सुनलाई फाइन र ९९. ५ प्रतिशत शुद्धता भएकोलाई स्टान्डर्ड सुन भन्ने गरिन्छ।
यसअघि शुक्रबार सुन दुई सयले बढेको थियो भने चाँदी स्थिर थियो।