स्टार इण्डिया प्रालि, भियाकम १८ र जिओ सिनेमा बिजनेसबीच मर्जर सम्पन्न भएको छ।
रिलायन्स इण्डष्ट्रिजको एक खर्ब १५ अर्ब भारू लगानीसहितको यो संयुक्त लगानीको कम्पनी करिब सात खर्ब तीन अर्ब भारू बराबरको हुने भएको छ।
यो सँगै स्टार इण्डिया, कलर्स, जियो सिनेमा, हट स्टार, भियाकम १८ जस्ता भारतका चल्तीका मिडिया ब्राण्डहरू एउटै संस्था मातहत आएको हो।
क्रिकेट, फुटबल र अन्य खेलसम्बन्धी अधिकार अब एउटै संस्थाको अधिनमा आएको छ।
यो संयुक्त लगानीको कम्पनीमा रिलायन्स इण्डष्ट्रिज र भियाकम १८ मिडिया प्रालीको १६.३४ प्रतिशतको दरमा र वाल्ट डिज्नी कम्पनीको ३६.८४ प्रतिशत लगानी रहने छ।
मर्जरसँगै बन्ने संस्था मातहत एक सयभन्दा बढी टेलिभिजन च्यानल प्रसारण गर्ने भएको छ। यी च्यानलबाट वार्षिक ३० हजार घण्टा प्रसारण हुनेछ।
अहिले जिओ सिनेमा र हट स्टार दुवैको गरेर पाँच करोड सब्स्क्रिप्सन छ, यसले गर्दा यो संयुक्त लगानीको कम्पनीको परम्परागत र डिजिटल प्लाटफर्म दुवैमा राम्रो उपस्थिति रहने भएको छ।
यो संयुक्त लगानीको कम्पनीको नेतृत्व रिलायन्स इण्डष्ट्रिजका अध्यक्ष मुकेस अम्बानीकी पत्नी नीता अम्बानीले गर्नेछिन्।
यसको उपाध्यक्षमा वाल्ट डिज्नीका पूर्व कार्यकारी उदय शंकर रहने भएका छन्।
यो संयुक्त कम्पनीमा तीन जना प्रमुख कार्यकारी अधिकृत हुने बताइएको छ।
भारतीय नियामकबाट मात्रै यो कम्पनीले स्वीकृति पाएको छैन।
प्रतिस्पर्धालाई प्रवर्द्धन गर्ने र एउटै संस्थामा अधिकार सीमित भएको नरूचाउने युरोपियन युनियन, चीन टर्की, साउथ कोरिया र युक्रेन लगायतका 'एन्टी ट्रष्ट' हरूबाट समेत यो संस्थाले स्वीकृति पाएको छ।