सामसङ नेपालले जाडो याम लक्षित गर्दै वासिङ मेसिन र फ्रिजमा आकर्षक मूल्य छुट र सजिलो किस्ता सुविधा सहित ‘जाडो अफर’ सार्वजनिक गरेको छ।
देशभरका अधिकृत सामसुङ बिक्री केन्द्रहरूमा लागू हुने यो अफर मंसिर ५ देखि २०८२ पुस २९ सम्म सञ्चालनमा रहनेछ।
अफर अनुसार ७ देखि १२ किलो क्षमता भएका विभिन्न मोडलका लुगा धुने मेसिनमा अधिकतम २३ प्रतिशतसम्म नगद छुट उपलब्ध छ। यस्तै सिंगल, डबल तथा ठूला क्षमताका फ्रिजमा १७ प्रतिशतसम्म छुट पाउन सकिने कम्पनीले जनाएको छ।
सामसुङका सबै लुगा धुने मेसिन र फ्रिजमा २० वर्षसम्मको मोटर वारन्टी र निःशुल्क जडान सुविधा उपलब्ध छ।
यसका साथै, सामसङ इन्स्टाफाइनान्स सेवामार्फत ग्राहकहरूले शून्य प्रतिशत ब्याजदरमा सजिलो मासिक किस्तामा उपकरण खरिद गर्न सक्नेछन्।
यसका लागि नागरिकता प्रमाणपत्र मात्रै पर्याप्त हुन्छ। पुराना टिभी वा अन्य भान्साघरका उपकरण साटेर नयाँ सामसुङ उत्पादन किन्न चाहनेहरूले अर्कोस्टोर वा नजिकका अधिकृत बिक्री केन्द्रमार्फत एक्सचेन्ज सुविधा प्राप्त गर्न सक्नेछन्।