भायानेट कम्युनिकेशनकी सिइओ सेवा पाठक बोहरालाई वर्षको व्यवसायिक महिला २०२३ बाट सम्मानित गरिएको छ।
स्ट्यान्डर्ड चार्टर्ड प्रिजेन्ट्स न्युबिज बिजनेस वुमन समिट एण्ड अवार्ड २०२३ मा आयोजित एक समारोहमा बोहरालाई सम्मान गरिएको हो।
यस पुरस्कारले बोहराको उत्कृष्ट नेतृत्व र आइएसपी क्षेत्रमा आविष्कार र महिला सशक्तिकरणको लागि अटल प्रतिबद्धता झल्काउने कम्पनीले बताएको छ।
सिइओ बोहराको चार्टर्ड एकाउन्टेन्टदेखि नेपालको प्रमुख मध्यको एक आइएसपी कम्पनीको नेतृत्वसम्मको यात्रा उनको समर्पण र असाधारण नेतृत्व क्षमताको प्रमाण हो।
सन् २०११ मा नेपालमा पहिलो पटक फाइबर टु द होम प्रविधि पहिलो पटक नेपालमा सञ्चालनमा ल्याउने टोलीको अभिन्न अंगको रूपमा उनले नेपाली घर–घरमा इन्टरनेट जडानको अनुभव गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी कम्पनीको भनाइ छ।
सिइओ बोहराको दूरदर्शी मार्गदर्शनमा भायानेटले ९० सहरहरूमा आफ्नो नेटवर्क विस्तार गरेको छ। ५१ शाखाहरू स्थापना गरेको छ र १५०० भन्दा बढी कर्मचारीहरूलाई रोजगारी दिएको छ।
भायानेटले बोहराको नेतृत्वले नवप्रवर्तन र ग्राहक सन्तुष्टीको लागि अथक प्रयासलाई अघि बढाएको छ।
भरपर्दो र उच्च गतिको इन्टरने लाई देशका विभिन्न सहर र दूरदराजमा समेत सेवा विस्तार गरेर व्यक्ति र व्यवसायहरूलाई डिजिटल युगमा फस्टाउन सक्षम बनाउँदै सिमलेस कनेक्टिभिटी सुनिश्चित गर्ने भायानेटको निरन्तर प्रयास रहेको बताइएको छ।