भायानेट कम्युनिकेसनले ग्राहकहरूका लागि नवीकरण अफर ल्याएको छ।
यस अफर अन्तर्गत भायानेटको कुनै पनि इन्टरनेट प्याकेजको वार्षिक सदस्यता नवीकरण गरेर ग्राहकहरूले २ महिनाको निःशुल्क इन्टरनेट सेवाको बोनस प्राप्त गर्ने सक्नेछन्।
यो अफर असार मसान्तसम्म उपलब्ध रहेको कम्पनीको भनाइ छ।
ग्राहक सन्तुष्टि र ग्राहकको उत्तरदायित्व निर्वाहका लागि यो अफर ल्याएको भायानेटले बताएको छ।
यो अफरमार्फत ग्राहकहरूले उच्च गतिको इन्टरनेट पाउनेछन्।