सामसङले हालै मध्य बानेश्वरमा अर्को एक नयाँ आधिकारिक सर्भिस सेन्टरको उद्घाटन गरेको छ।
सो उद्घाटन समारोहमा सामसङ नेपालका प्रबन्ध निर्देशक सुङ जुन पार्क, निर्देशक प्रणय रत्न स्थापित, सर्भिस हेड राजन भट्टराई, आइ एम एसका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डिकेश मलहोत्रा र आइ एम एसका सेल्स हेड कैलाश अइयरको समेत उपस्थिती रहेको थियो।
सो सर्भिस सेन्टर सामसङले नेपालमा खोलेको २१औं सर्भिस सेन्टर रहेको कम्पनीले बताएको छ।
बिक्रीपछिको गुणस्तर सेवालगायत ग्राहकहरूको लागि निरन्तर रूपमा ग्राहकमुखी सेवा प्रदान गर्ने उद्देश्यका साथ हालसम्म सामसङले काठमाडौं उपत्यका भित्र ५ ओटा र उपत्यका बाहिर १५ ओटा सर्भिस सेन्टर गरी २० ओटा स्थानहरूमा पहिलेदेखि नै सेवा प्रदान गर्दै आइरहेको छ।
बानेश्वरस्थित २१औं सर्भिस सेन्टरबाट पनि ग्राहकहरूलाई भरपर्दो एवम् सुलभ सेवा प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ।
यस बानेश्वरस्थित नयाँ सर्भिस सेन्टरमा वारेन्टी भएको र नभएको दुवै किसिमका सामसङ मोबाइल फोनहरूको मर्मत सेवा प्रदान गरिने जानकारी दिइएको छ।
सो सर्भिस सेन्टरबाट बानेश्वरलगायत कोटेश्वर, चाबाहिल, बौद्ध र नजिकको क्षेत्रका ग्राहकहरूले लाभ सक्ने कम्पनीको भनाइ छ।