सर्वसाधारणले अब सहज तरिकाले अनलाइनबाट नै लाइसेन्स लिनको लागि लिखित परीक्षाको तयारी गर्न सक्ने भएका छन्।
माकुरा क्रियसन्सले सुरू गरेको नेपाल ड्राइभिङ लाइसेन्स मोबाइल एप पश्चात कम्पनीले अब वेबसाइटको माध्यमबाट सेवा दिने भएको छ।
प्रयोगकर्ताले
http://licensenepal.com/app मा गएर लिखित परीक्षाको तयारी गर्न सक्ने कम्पनीले बताएको छ। ‘हाम्रो नेपाल ड्राइभिङ लाइसेन्स एप लगभग पचास हजार व्यक्तिले उपयोग गरिरहनु भएको छ। उक्त सेवालाई अझ सहज एवम् सरल बनाउनको लागि हामीले अहिले यो वेबसाइटको विकास गरेका हौँ। यसको सहायताले सबै प्रयोगकर्ताले सहज रुपमा लिखित परीक्षाको तयारी गर्नसक्ने छन् र यसको लागि कुनै छुट्टै शुल्क पनि तिर्नुपर्दैन,’ माकुरा क्रियसन्सका कार्यकारी प्रमुख स्वागत भेटुवालले भने।
कार्यकारी प्रमुख भेटुवालका अनुसार अब एनरोइड प्रयोगकर्ताले मात्र नभएर आइवोएस प्रयोगकर्ताले पनि यो एप छिट्टै प्रयोग गर्न पाउनेछन्।
प्रयोग गर्न पनि सरल भएकोले धेरैभन्दा धेरै व्यक्तिहरूले यसको उपयोगबाट फाइदा लिन सक्ने माकुरा क्रियसन्सको दाबी छ ।