ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा तीन वटा नयाँ पावर बैंकहरू सार्वजनिक गरेको छ।
शाओमीले मोबाइल एक्सेसरिजमा गुणस्तर र विश्वासको साथै आफ्नो प्रतिष्ठालाई पनि थप सुदृढ बनाएको बताएको छ।
नयाँ उपलब्ध मोडलहरू २२.५ वाटको फास्ट चार्जिङ सहितको शाओमी पावर बैंक ४ आई १०००० एमएएच, ३३ वाटको सोनिक चार्जसहितको शाओमी पावर बैंक ४ आई २०००० एमएएच र २२.५ वाटको फास्ट चार्जिङ र बिल्ट इन केबलसहितको शाओमी पकेट पावर बैंक १०००० एमएएच रहेका छन्।
सार्वजनिक कार्यक्रममा शाओमी नेपालका कन्ट्री म्यानेजर मनु मनस्वीले भने, 'हामी आफ्ना ग्राहकहरूको परिवर्तनशील आवश्यकतालाई राम्रोसँग बुझ्छौं। ग्राहकले आफ्नो व्यस्त जीवनमा द्रुत र भरपर्दो समाधान खोजिरहेको अवस्थामा हामी उहाँहरूलाई अझ बढी सुविधा, कार्यक्षमता भएको पावर बैंकहरू प्रदान गरी उहाँहरुको डिभाइसमा जुनसुकै समयमा र जहाँसुकै पावर रहिरहोस् भन्ने चाहन्छौँ।'
यी उपकरणहरूले विभिन्न प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखी छिटो चार्जिङ्ग क्षमता, बहु–उपकरण चार्जिङ र कम्प्याक्ट डिजाइनहरू प्रदान गर्दछ।
शाओमी पावर बैंक ४ आई १०००० एम.ए.एच (२२.५ वाट फास्ट चार्ज)
शाओमी पावर बैंक ४ आई. १०००० एमएएच फास्ट पोर्टेबल पावरको आवश्यकता भएका ग्राहकका लागि उपयुक्त हुन्छ।
२२.५ वाटको फास्ट चार्जिङ र टाइप सी पोर्टको साथ यस पावर बैंकले स्मार्टफोन, ट्याब्लेटहरू र अन्य ग्याजेटहरू छिटो चार्ज गर्न मद्दत पुर्याउँदछ।
यो कम्प्याक्ट डिभाइस युएसवी–ए र युएसबी–सी पोर्टसहित उपलब्ध छ जसले एकै पटकमा तीनवटा ग्याजेहरूलाई चार्ज गर्नसक्छ। उच्च सुरक्षा सुविधाहरू उपलब्ध रहेको यो पावर बैंकले धेरै तात्ने र सर्ट–सर्किट जस्तो समस्याबाट सुरक्षा प्रदान गर्दछ।
विशेषताहरू:
- ब्याट्री क्षमता: १०००० एमएएच (३७ वाट आओर)
- इनपुट (टाइप–सी): ५ भोल्ट/३ एम्पियर, ९ भोल्ट/२.५ एम्पियर
- आउटपुट (टाइप–सी/युएसबी): २२.५ वाटसम्म
- डाइमेन्सन: १४.७८ * ७.३९ * १.५३ सेन्टिमिटर
- चार्जिङ समय: ९ भोल्ट/२ एम्पियर चार्जरसहित लगभग ४ घण्टामा
शाओमी पावर बैंक ४ आई २०००० एमएएच (३३ वाट सोनिक चार्ज)
अधिक पावर र लामो प्रयोग आवश्यक पर्नेहरूको लागि शाओमी पावर बैंक ४ आई २०००० एम.ए.एच ३३ वाटको सोनिक चार्ज प्रविधिसहित उपलब्ध रहेको छ।
दुईवटा १०००० एमएएचको लिथियम–आयन ब्याट्रीहरू सहित यस पावर बैंकले दिनभरि एकभन्दा धेरै डिभाइसहरुलाई चार्ज गर्न पर्याप्त ऊर्जा प्रदान गर्दछ।
यसको टाइप–सी पोर्टले अन्य डिभाइसका साथै पावर बैंक स्वयंलाई पनि छिटो दुई–तर्फी चार्जिङको अनुमति दिन्छ।
मजबुत निर्माण गुणस्तर र १२–लेयरको सेफ्टी प्रोटेक्सनको साथ, यो पावर बैंक लामो समयसम्मको प्रदर्शनको लागि निमार्ण गरिएको कम्पनीले जनाएको छ।
विशेषताहरू:
- ब्याट्री क्षमताः २०००० एमएएच (७४ वाट आओर)
- इनपुट (टाइप–सी): ३० वाटसम्म
- आउटपुट (टाइप–सी/युएसबी–ए): ३३ वाटसम्म
- डाइमेन्सनः १५.०६ * ७.२२ * २.६३ सेन्टिमिटर
- चार्जिङ समयः ९ भोल्ट/२ एम्पियर चार्जरसहित लगभग ६.९ घण्टामा
शाओमी पकेट पावर बैंक १०००० एमएएच (२२.५ वाटको साथ बिल्ट–इन केबल)
बिल्ट–इन टाइप–सी चार्जिङ केबलसहित शाओमीको पकेट पावर बैंकले सुविधा र स्टाइल दुवै प्रदान गर्दछ। कम्प्याक्ट र शक्तिशाली यो १०००० एमएएच पावर बैंकले २२.५ वाटसम्मको चार्जिङ लिन सक्छ भने यसले एकै पटकमा तीनवटा डिभाइसहरूलाई चार्ज गर्न सक्छ।
यसको टिकाउपना र पकेट–साइजको डिजाइनले यसलाई हरेक यात्रामा प्रयोग गर्न सहज सकिन्छ।
विशेषताहरू:
- ब्याट्री क्षमताः १०००० एमएएच (३७ वाट आओर)
- इनपुटः २२.५ वाट
- आउटपुट (टाइप–सी/युएसबी–ए/बिल्ट–इन केबल): २२.५ वाटसम्म
- आयामः १०५.२ * २६.९ * ६५.२ मिलिमिटर
- चार्जिङ समयः ९ भोल्ट/२.५ एम्पियर चार्जरसहित लगभग ३.५ घण्टा
२२.५ वाटको फास्ट चार्जिङसहितको शाओमी पावर बैंक ४ आई १०००० एमएएच ३ हजार ४९९ रूपैयाँमा उपलब्ध छ भने ३३ वाटको सोनिक चार्जसहितको शाओमी पावर बैंक ४ आई २०००० एमएएच ४ हजार ९९९ रूपैयाँमा उपलब्ध छ।
त्यसैगरी २२.५ वाटको फास्ट चार्जिङ र बिल्ट इन केबलसहितको शाओमी पकेट पावर बैंक १०००० एमएएच ४ हनार २९९ रूपैयाँमा उपलब्ध रहेको छ।