वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण ‘मेडिकल’ शुल्क बढेको छ।
नेपाल मेडिकल व्यवसायी संघले मंसिर १० गतेदेखि ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्ने र बढेको शुल्क लिने परिपत्र सम्पूर्ण व्यवसायीहरूलाई जारी गरेको छ।
यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्वमा शरतसिंह भण्डारी हुँदा विभिन्न परीक्षण थप गरी शुल्क बढाइएको थियो।
उनले २०८१ चैतमा मन्त्रीस्तरीय निर्णय गरी शुल्क बढाएका थिए। विशेषज्ञ समितिको सिफारिसका आधारमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको विभिन्न ३४ प्रकारका परीक्षण गर्ने गरी ९ हजार पाँच सय रूपैयाँ शुल्क तोकिएको थियो।
श्रमिकमाथि आर्थिक भार थपिएको भन्दै चौतर्फी आलोचना समेत भएको थियो।
त्यसबेला मन्त्रालयका अधिकारीहरूसँग कुराकानी गर्दा स्वास्थ्य परीक्षण शीर्षकहरू थप भएका आधारमा शुल्क सस्तो भएको दाबी गरेका थिए।
यसअघि मेडिकल शुल्क ६ हजार पाँच सय रूपैयाँ थियो।
यो पनि:
किन बढाइयो वैदेशिक रोजगारीमा जानेको ‘मेडिकल’ शुल्क?