योगदानमा आधारित सामाजिक सुरक्षा कोषले योगदानकर्ताहरूलाई असार मसान्तसम्मको ब्याजबापत रकम वितरण गरेको छ।
कोषले २३ लाख ७९ हजार पाँच सय ८५ जना योगदानकर्ताहरूलाई दुई अर्ब ८४ करोड ४२ लाख २८ हजार आठ सय २८ रूपैयाँ ब्याज वितरण गरेको हो।
यो ब्याज योगदानकर्ताको सामाजिक सुरक्षा खातामा जम्मा गरिएको कोषका निर्देशक एंव सूचना अधिकारी डा.रोशन कोजुले बताए।
वृद्ध अवस्था सुरक्षा योजनामा आर्थिक वर्ष २०८१/८२ मा जम्मा भएको योगदान रकमको २०८१ चैत ४ गतेसम्म ५.५ प्रतिशत ब्याज थियो। त्यस्तै चैत्र पाँच गतेदेखि घटेर पाँच प्रतिशत कायम गरिएको थियो।