नेपाल बैंकले विभिन्न पदमा २७९ कर्मचारी माग गरेको छ। बैंकले केन्द्र तथा विभिन्न प्रदेशमा खुल्ला प्रतियोगितामार्फत स्थायी पदपूर्ति गर्न लागेको हो। इच्छुक आवेदकले अनलाइनबाट फारम भरी आवेदन दिन सक्नेछन्।
सहायक प्रवन्धकमा ६२ जना कर्मचारी माग गरिएको छ। व्यवस्थापन वा अर्थशास्त्रमा स्नाकोत्तर गरेकाले यो पदमा आवेदन दिन सक्नेछन्।
आइटीतर्फको सहायक प्रवन्धकमा पाँच जना, चार्टड एकाउन्टेन्टतर्फको सहायक प्रवन्धकमा १५ जना र इलेक्ट्रिकल इन्जिनियरतर्फको
सहायक प्रवन्धकमा १ कर्मचारी माग गरिएको छ। सम्बद्ध विषयमा स्नाकोत्तर गरेकाले यो पदमा आवेदन दिन सक्नेछन्। आवेदकको परीक्षा शुल्क ८ सय तोकिएको छ।
त्यस्तै विभिन्न प्रदेशका शाखा कार्यालयका लागि सहायक पदमा १९६ कर्मचारी माग गरिएको छ। जसअन्तर्गत प्रदेश १ अन्तर्गतका शाखा कार्यालयका लागि ४० जना, प्रदेश दुईका लागि २८, तीनका लागि ४२, चारका लागि २६, पाँचका लागि ३५, प्रदेश छ का लागि १३ र सातका लागि १२ जना सहायक पदमा कर्मचारी माग गरिएको छ।
व्यवस्थापन तथा अर्थशास्त्र (मानविकी)मा न्यूननम स्नातक उत्र्तिण गरेकाले यो पदमा आवेदन गर्न सक्नेछन्। परीक्षाको आवेदन शुल्क ६ सय तोकिएको छ। यी सबै पदमा महिला, आदिबासी तथा जनजाति, मधेसी, दलित, अपाङ्ग तथा पिछडिएका क्षेत्रका लागि आरक्षण छुट्याइएको छ।
बैशाख २१ देखि जेठ १० गतेसम्म आवेदन दिन सक्नेछन्। अनलाइनबाट फारम भरी सोको साथमा नागरिकता, शैक्षिक योग्यताका प्रमाणपत्र, हालसालै खिचेको पासपोर्ट साइजको फोटो स्क्यान तथा एट्याच गरी पठाउनुपर्नेछ।