एक वर्षको अवधिमा कामका लागि ३ लाख ४१ हजार नेपाली विदेसिएका छन्। वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार गत वर्षको बैशाखदेखि चैतसम्म ३ लाख ४१ हजार १९ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्।
अन्तिम श्रम स्वीकृति लिनेमध्ये सबैभन्दा धेरै मलेसियाका लागि छन्। एक वर्षको अवधिमा कुल १ लाख १६ हजार ६०५ नेपालीले मलेसियाका लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ।
मलेसियापछि कतारमा जानेको संख्या उच्च छ। एक वर्षमा कुल ९७ हजार ८०२ जनाले कतारका लागि श्रम स्वीकृति लिएका छन्। कतारपछि साउदी अरब र दुबईमा जाने नेपाली धेरै छन्।
गत वर्ष मलेसियाभन्दा कतारमा जाने नेपालीको संख्या उल्लेख्य भए पनि यो वर्ष भने मलेसिया जानेहरु बढेको विभागले जनाएको छ।
जेठमा सबैभन्दा धेरै ३३ हजार ९३३ नेपाली विदेसिएका छन्। चैतमा ३१ हजार ८१८, फागुनमा २६४०१, माघ महिनामा २८ हजार ४१५ ले अन्तिम श्रम स्वीकृति लिएका छन्।
पुसमा २७ हजार ९२७, मंसिरमा २७ हजार ९६५, कात्तिकमा २८ हजार ५२२, असोजमा २४ हजार ५६९, भदौमा ३१ हजार ८६, साउनमा २८ हजार १२१, जेठमा ३३ हजार ९३३, बैशाखमा २९ हजार ९४३ ले अन्तिम श्रम स्वीकृति लिएका छन्।
कोरियामा ७ हजार ४ सय गएयसैबीच दक्षिण कोरियामा एक वर्षमा ७ हजार ४१४ जना गएका छन्। विभागका अनुसार २०७३ सालको बैशाखदेखि चैतसम्म ७ हजार ९३ जना पुरुष र ३२१ जना महिला कोरिया पुगेका छन्।
गत वर्षको असारमा मात्रै १६ सय ६ जना कोरिया गएका छन्। चैतमा ७७४, फागुनमा २६१, माघमा ९५, पुसमा २५०, मंसिरमा ४१८, कात्तिकमा ३५१, असोजमा २९१, भदौमा ४३९, साउनमा ८९९, जेठमा ११६४ र वैशाखमा ८६६ कोरिया गएको विभागको तथ्याङ्क छ।