राष्ट्र बैंकको तथ्यांक अनुसार मासिक आधारमा असोज एक महिनामा औसत मूल्य वृद्धि १.४७ प्रतिशत छ।
गत असोजमा यस्तो वृद्धिदर ४.८२ प्रतिशत थियो।
चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिना (साउनदेखि असोजसम्म)को औसत मूल्य वृद्धिदर १.६७ प्रतिशत छ।
गत आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा औसत मूल्य वृद्धि ४.२६ प्रतिशत देखिएको थियो।
चालु आर्थिक वर्षमा मूल्य वृद्धि औसत पाँच प्रतिशतको सीमाभित्र राख्ने राष्ट्र बैंकको लक्ष्य छ।
यो तीन महिनामा अघिल्लो वर्षको यही अवधिको तुलनामा घ्यु तेलमा सबैभन्दा धेरै ७.७५ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, गैर मदिराजन्य पेयपद्धार्थमा ३.७१ प्रतिशत र माछामासुको ३.१५ प्रतिशतले बढेको छ।
तर, तरकारीमा १५.६७ प्रतिशत, मरमसला ७.८२ प्रतिशतले र दाल तथा गेडागुडीको ४.४१ प्रतिशतले मूल्य घटेको छ।
गैर–खाद्य तथा सेवा अन्तर्गत विविध वस्तु तथा सेवामा १५.५१ प्रतिशत, शिक्षा ७.६७ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलमा ६.२९ प्रतिशत, सुर्तिजन्य पद्धार्थको ४.८४ प्रतिशत र घरायसी सामान तथा फर्निसिङको ४.५५ प्रतिशत बढेको छ।