पछिल्लो एक वर्षमा भनसार विभागको महानिर्देशक तीनपटक परिवर्तन गरिएको छ।
शुक्रबार अर्थमन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट भन्सार विभागको महानिर्देशक पुन परिवर्तन गरेको हो।
हाल भन्सार विभागको महानिर्देशकका रूपमा रहेका महेश भट्टराईलाई अर्थमन्त्रालयमा सरूवा गर्दै अर्थ मन्त्रालयमा रहेका श्याम भण्डारीलाई भन्सार विभागको महानिर्देशकको भूमिका दिइएको हो।
विष्णु पाैडेलले अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दा सहसचिव ढुण्डीराज निराैला महानिर्देशक थिए। उनलाई तत्कालिन अर्थमन्त्री वर्षमान पुनले २०८० चैतमा विभागको जिम्मेवारी दिएका थिए।
विष्णु पाैडेल अर्थमन्त्री भएको एक महिनापछि २०८१ भदाैमा उनलाई त्यहाँबाट सरूवा गरी हरिशरण पुडाैसैनीलाई जिम्मेवारी दिइएको थियो।
पुडासैनीले ६ महिना काम गरेपछि उनलाई पनि सरूवा गरेर महेश भट्टराईलाई जिम्मेवारी दिइएको थियो।
भट्टराईले ६ महिना काम गरेपछि फेरि उनलाई मन्त्रालयमा सरूवा गरिएको छ। उनको जिम्मेवारी भने सहसचिव श्याम भण्डारीलाई दिइएको छ।
भन्सार विभागको उपमहानिर्देशक जनक शर्माको पनि सरूवा गरेर आन्तरिक राजस्व विभागमा जिम्मेवारी दिइएको छ।
भन्सारको उपमहानिर्देशकको जिम्मेवारी भरतमणि पाण्डेलाई दिइएको छ।
अर्थमन्त्रालयले शुक्रबार १२ जना सहसचिवको सरूवा तथा पदस्थापन गरेको छ।