विगत आठ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको कर पुस्तक 'द पर्पल बुक अफ ट्याक्स' को आठौं संस्करण बजारमा ल्याइएको छ।
सिए. शेष मणि दाहालद्वारा लिखित यस पुस्तकमा आर्थिक ऐन, २०८२ ले संसोधन गरेको आयकर ऐन, मूल्य अभिवृद्धि कर ऐन नेपाली तथा अंग्रेजी भाषामा प्रस्तुत गरिएको हो।
दाहालका अनुसार आर्थिक ऐन मार्फत लगाइएका सम्पूर्ण कर, महसुल, दस्तुर, शुल्क तथा रोयल्टीहरूका साथै आर्थिक ऐन, २०८२ मार्फत करमा दिइएका छुट तथा सहुलियतहरूलाई समेत छुट्टाछुट्टै रूपमा समावेश गरिएको छ।
आयकर तथा मूल्य अभिवृद्धि कर निर्देशिकाले गरेका विशेष कानुनी व्याख्याहरू ऐनका व्यवस्थासँगै मिलाएर राखेका कारणले पाठकलाई कानुन पढ्न र बुझ्न सरल हुने दाहालले बताए।
यस पुस्तकमा आन्तरिक राजस्व विभागले जारी गरेका परिपत्र, पूर्वादेश, सर्वोच्च अदालत तथा राजस्व न्यायाधीकरणले कर सम्बन्धी मुद्दामा गरेका महत्त्वपूर्ण व्याख्या तथा फैसलालाई ऐनका दफा सँगै मिलाएर राखिएको छ।
यो पुस्तक दराज अनलाइन सप तथा किताब यात्रा मार्फत खरिद गर्न सकिने बताइएको छ। त्यसैगरी उपत्यकाभित्र तथा उपत्यका बाहिरका मुख्य सहरका प्रमुख स्टेशनरी पसलमा पनि यो पुस्तक राखिएको उल्लेख छ।