सरकारले खाद्यान्नमा लाग्दै आएको २.५ प्रतिशत अग्रिम आयकर हटाउने घोषणा गरेको छ।
विदेशबाट खाद्यान्न आयात गर्दा साढे २ प्रतिशत अग्रिम आयकर लिने व्यवस्था सरकारले नयाँ बजेटमार्फत् हटाउने भएको हो।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन्।
उद्योगी व्यवसायीले यस्तो अग्रिम आयकर हटाउन माग गर्दै आएका थिए।