उत्पादन सुरु भएको एक सय ५४ वर्षपछि नेपाली चियाले चैत २३ गतेबाट आफ्नै ट्रेडमार्क (लोगो) पाउने भएको छ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा हुन लागेको तेस्रो अन्तर्राष्ट्रिय चिया महोत्सवमार्फत नेपाली चियाले पहिलो पटक ट्रेडमार्क पाउने भएको हो।
महोत्सव आयोजनाका सम्बन्धमा जानकारी दिने उद्देश्यले गरिएको पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले नेपाली चियालाई ‘नेपाल टी, क्वालिटी फ्रम दी हिमालय’ ट्रेडमार्क आधिकारिक रुपमा सार्वजनिक गरिने बताए।
खेतीको सुरुवात वि.सं १९२० बाट भएपनि हालसम्म टेड्रमार्क पाएको थिएन। जसले गर्दा तेस्रो मुलुकमा वाह्य व्यक्तिगत फार्मले आफू अनुकुल लोगोमा चियाको विक्री गर्दै आएका थिए।
गौतमले टेडमार्क पश्चात अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको छुट्टै पहिचान स्थापना तथा प्रवद्र्धन हुने बताए।‘लामो समयको प्रयासपश्चात अन्ततः नेपाली चियाले आफ्नै ट्रेडमार्क पाउँदैछ। यसले हामीलाई अन्तर्राष्ट्रिय बजारमा पहिचान स्थापना, प्रवद्र्धन तथा प्रतिस्पर्धा गर्न योगदान पुर्याउने छ’, गौतमले भने।
सरकारले नेपाली चियाको प्रवद्र्धन तथा टे«डमार्क कार्यान्वयनका लागि यसै वर्ष छुट्टै निर्देशिका ‘अर्थडोक्स चिया सर्टिफिकेसन टे«डमार्क कार्यान्यन निर्देशिका २०७४’ समेत गरेको छ।
त्यस्तै बोर्ड तथा चिया उत्पादकहरुको संस्था हिमालयन अर्थोडक्स टी प्रोड्युसर्सले सयुंक्त रुपमा तयार पारेको यो टे«डमार्क सरकारले स्वीकृत गरिसकेको छ।
तर ट्रेडमार्क प्राप्तिका लागि भने अन्तर्राष्ट्रिय मापदण्डभित्रका आधारभुत नियमहरु उद्योगी तथा व्यवसायीले पालना गर्नुपर्ने गौतमले बताए।
‘उत्पादन गरिएको चिया गुणस्तरीय तथा अर्गेनिक हुनुपर्नेछ। बगान र प्रशोधनमा काम गर्ने मजदुरको सुरक्षा तथा अधिकार सुनिश्चित गरिएको हुनुपर्ने लगायतका केही मापदण्ड पालना गर्नेले मात्र टे«डमार्क पाउनेछन्’, गौतमले भने।
त्यसैले आउँदो महोत्सवमार्फत आधिकारिकरुपमा ट्रेडमार्क सार्वजनिक गर्ने र त्यसपश्चात खरिदकर्ता कम्पनी तथा विदेशी संचारकर्मीको उपस्थितिमा सगमाथा बेस क्याम्पमा ‘टी टेस्टिङ’ कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रियरुपमा चिया प्रवद्र्धन गर्ने तयारी सरकार तथा व्यवसायीहरुको छ।
महोत्सवका संयोजक तथा व्यवसायी उदय चापागाँईले नेपाली चियाको ब्रान्डिङ तथा प्रवद्र्धनमा कार्यक्रम कोशेढुंगाका सावित हुने बताए।
खेतीको सुरुवात वि.सं.१९२० बाट भएपनि २०२३ सालमा चिया विकास निगमको स्थापना भए पश्चात नेपालमा चिया खेती सरकारको प्राथमिकतामा परेको हो।
तत्कालीन राजा विरेन्द्रले वि.सं. २०३९ मा झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लाहरुलाई चिया क्षेत्र घोषणा गरे पश्चात विस्तारमा उल्लेखनीय प्रगति भएको देखिन्छ। बोर्ड ऐन २०४९ अन्तर्गत यस क्षेत्रको सम्वद्र्धनको जिम्मा राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई दिइएको छ।
आर्थिक वर्ष २०७२÷७३ को तथ्याङ्क अनुसार झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, ललितपुर, कास्की, लमजुङ लगायतका जिल्लामा करिब २७ हजार ६ सय हेक्टर क्षेत्रफलमा चिया खेती गरिँदै आएको छ।
पछिल्लो तथ्याङक अनुसार वार्षिक २ करोड ४२ लाख केजी तयारी चिया उत्पादन हुने गरेको छ, जसमा १ करोड ८४ लाख केजी सिटिसी तथा ५८ लाख केजी अर्थोडक्स चियाको योगदान रहेको छ।
यस क्षेत्रमा करिब १८ हजार साना किसान आवद्ध छन् भने उत्पादित अर्थोडक्स चियामा उनीहरुको योगदान ८० प्रतिशत छ। हाल तराईमा २७ वटा सिटिसी चिया प्रशोधन केन्द्र, पहाडमा २८ वटा ठूला तथा मझौला अर्थोडक्स चिया प्रशोधन केन्द्र र ६५ वटा लघु चिया प्रशोधन केन्द्र सञ्चालनमा छन्।
चिया उद्योगले करिब ६० हजार श्रमिकलाई प्रत्यक्ष रोजगारी दिएका छन्। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङक अनुसार आर्थिक वर्ष २०७२÷७३ मा २ अर्ब ४० लाख रुपैयाँ बराबारको १३ हजार २ सय ८९ मेट्रिक टन चिया निर्यात भएको थियो।
यद्यपी हरियो चियापत्तिको समयमै मूल्य निर्धारण हुन नसक्नु, श्रमिकको न्यून ज्याला यथावत रहनुजस्ता समस्या यस क्षेत्रमा देखिँदै आएका छन्। ति समस्या समाधानका लागि पनि व्यवसायीले पहल गर्नुपर्ने आवश्यकता देखिन्छ।