नेपालको लोकप्रिय एफ.एण्ड.बी. ब्राण्ड बाजेको सेकुवा अब चाँडै नै अमेरिकाको न्युयोर्क शहरमा खुल्ने भएको छ।
बाजेको सेकुवाका अध्यक्ष चेतन भण्डारीका अनुसार उनले न्युयोर्कमा रहेको नेपाली व्यवसायिक समूहसँग क्षेत्रीय फ्रेञ्चाईज सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
यस व्यवसायिक समूहमा दीपक भण्डारी, पदम गुरुङ्ग, सुरेन्द्र रायमाझी, केदारप्रसाद श्रेष्ठ, मेहेश बहादुर भट्टराई र गणेश लम्साल लगायत आवद्ध छन्।
हाल नेपालमा १३ वटा शाखा रहेको बाजेको सेकुवाको अन्तर्राष्ट्रिय स्तरमा यो पहिलो शाखा हुनेछ। आउँदो ६ वर्ष भित्र अमेरिकामा थप ७ वटा शाखाहरु खोल्ने यसको लक्ष्य छ।
बाजेको सेकुवाले अमेरिका बाहेक कतार, बेलायत र अष्ट्रेलियामा पनि आफ्ना शाखाहरु विस्तार गर्ने जनाएको छ।