नेसनल बैंकिङ्ग इन्स्टिच्युट र एनएमबि बैंकबीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
जस अनुसार इन्स्टिच्युटले एनएमबि बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ। यस सम्झौता अनुसार एनएमबि बैंकले नेसनल बैंकिङ्ग ईन्स्टिच्युटबाट ५० लाख बराबर रकमको आफ्ना कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ।
उक्त सम्भौतापत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ।