सिंगटी हाइड्रोपावर कम्पनीले सेयरधनीलाई शतप्रतिशत हकप्रद सेयर दिने भएको छ।
कम्पनीको सञ्चालक समितिको बैठको निर्णय अनुसार बोनस सेयर वितरणपछि कायम हुने सेयर पुँजीको १:१ अर्थात् सय प्रतिशत अनुपातमा हकप्रद सेयर निष्कासन गरिनेछ।
हाल कम्पनीले पाँच प्रतिशत बोनस सेयर समेत दिने घोषणा गरेको छ। योसँगै कम्पनीको चुक्ता पुँजी तीन अर्ब चार करोड ५० लाख रूपैयाँ पुग्नेछ। यससँगै शतप्रतिशत हकप्रद जारी भएपछि कम्पनीको चुक्ता पुँजी ६ अर्ब नौ करोड पुग्ने भएको हो।
कम्पनीले हकप्रदबाट उठ्ने रकम ऋण चुक्ता गर्न प्रयोग गर्ने भएको हो।
हकप्रद जारी गर्ने प्रस्ताव आगामी साधारण सभामा लगिँदैछ।