बैंक अफ काठमाडौंल‘बीओके स्मार्ट’ मोबाइल बैंकिङ्ग सेवा ल्याएको छ। जसबाट बैंकका ग्राहकले घरमै बसी आफ्नो बिजुलीको बिल भुक्तानी गर्नसक्नेछन्। ग्राहकहरुलाई विजुलीको बिल तिर्न लामो समय लाइन बस्नुपर्ने बाध्यता अब सहज हुने बैंकको विश्वास छ।
यस सेवाको उपभोग गर्न ग्राहकहरुले ‘बीओके स्मार्ट’ एप डाउनलोड गरी एपमा रहेको पेमेन्ट अप्सनमा गई ‘एन इ ए’ पेमेन्टसमा दिएको निर्देशन अनुसार जुनसुकै समयमा पनि बिल तिर्न सकिनेछ।